News
झापामा दोस्रो पारिजात कप हुने
कनकाई । पारिजात फुटबल क्लब, कनकाई ६, झापाको आयोजनामा दोस्रो पारिजात कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मिति भने आयोजकले केही पछि घोषणा गर्ने समेत जनाएको छ ।
यद्यपि प्रतियोगिताको टिमदर्ता भने खुला गरिएको छ । सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुले दर्ता शुल्क वापत ५००० बुझाउनु पर्ने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ४० हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा