News झिलझिले भेट्रान्सलाई स्व. पवन राई स्मृति तेस्रो भेट्रान्स कपको उपाधि
गोलनेपाल

झापा, झिलझिले — स्वर्गीय पवन राई स्मृति तेस्रो अन्तर प्रदेश नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको उत्कर्षपूर्ण समापन आज झिलझिले फुटबल मैदानमा सम्पन्न भयो।

रोमाञ्चक फाइनल खेलमा आयोजक झिलझिले भेट्रान्स क्लब (शिवसताक्षी)ले पूर्वेली भेट्रान्स क्लबलाई टाइ–ब्रेकरमा पराजित गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको छ।

निर्धारित समयको खेलमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो। खेलभर दुवै पक्षका गोलकिपरले उत्कृष्ट प्रदर्शन गरेपछि पूर्ण समय ०–० को बराबरीमा खेल टुंगिएको थियो।

रोमाञ्चक टाइ–ब्रेकरमा झिलझिले भेट्रान्स क्लबले ६–५ ले जित हात पार्दै स्वर्गीय पवन राई स्मृति प्रतियोगिताको उपाधि उचालेको हो।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै झिलझिलेका मिन ब. बस्नेत (Min Bdr Basnet)लाई म्यान अफ द म्याच घोषित गरिएको थियो।

विजेता बनेको झिलझिले भेट्रान्सले उपाधिसहित नगद १,०१००५ रुपैयाँ हात पार्दा उपविजेता पुर्वेली भेट्रान्सले नगद ५१,००५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगततर्फ उत्कृष्ट गोलरक्षक पुर्वेली भेट्रान्सका रुपक गुरुङ बन्दा उत्कृष्ट डिफेन्डर पुर्वेली कै सन्तोष बस्नेत बने । उत्कृष्ट मिडफिल्डर झिलझिलेका भुपेन लिम्बु बन्दा उत्कृष्ट फरवार्ड पनि झिलझिले कै बुद्ध चेम्जोङ चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार झिलझिलेका कृष्ण शाक्यले हात पार्दा सर्वश्रेष्ठ खेलाडी झिलझिले कै बिष्णु सुनार घोषित भए ।

Post Comments