बटेश्वर । धनुषा जिल्ला फुटबल संघ, धनुषा यहाँ जारी १३औं बनदेवी माई अध्यक्ष गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनुषाले रोमन फुटबल क्लब, हरिवनलाई टाईब्रेकरमा ४–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ रोमनका लागि बिशाल लामाले गोल गरेका थिए भने धनुषाका लागि मुकेश मण्डलले बराबरी गोल फर्काएका थिए । टाईब्रेकरमा पनि धनुषा नै सफल बन्यो । खेलमा धनुषाका दिनेश हेन्जन प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत कार्तिक ५ गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक बनदेवी माई युवा क्लब, सीतापुर, धनुषा र गोलबजार युनाइटेड फुटबल क्लब, सिरहाबीच हुने आयोजकले जानकारी दियो ।
बनदेवी माई युवा क्लब, बटेश्वर गाउँपालिका–२, सीतापुर, धनुषाको आयोजनामा शुरु प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार र उपबिजेताले ५५ हजार प्राप्त गर्नेछ ।