घोघिदाहा भवानीपुर । साँघुरो अन्तरको जितका साथ झुम्का फुटबल क्लब, सुनसरी यहाँ जारी ४४औं जनचेतना रनिङ शिल्ड खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा झुम्काले अल्टोकी फुटबल क्लब, रौतहटलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो । झुम्काको जितमा विजय उरावले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता विजय उराव नै म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत कार्तिक १४ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल बिराटनगर स्पोर्टस एकेडेमी, मोरङ र प्रोग्रेसिभ युथ क्लब, सप्तरीबीच हुने आयोजकले जानकारी दियो ।
महुली ११ स्पोर्टस क्लब, घोघिदाहा भवानीपुर, सप्तरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक १६ गतेका दिन हुनेछ ।
- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा