कर्जन्हा । कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिरहाको आयोजना तथा बन्दीपुर युथ क्लब, कर्जन्हा, सिरहाको सह–आयोजनामा यही कार्तिक १९ गतेदेखि शुरु हुन गईरहेको चौथो कार्तिकेय कुमार गोल्डकपको तयारी पूरा भएको छ ।
आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । उद्घाटन खेलमा कार्तिक १९ गतेका दिन धरान सिटी एफसी, सुनसरी र पर्सा राईडर एफसी, बिरगंज, पर्साबीच हुनेछ । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने कार्तिक २६ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।