News
द हिमालयन बगैंचालाई तेस्रो आरुटार तथा भुवन प्रसाद श्रेष्ठ स्मृति कपको उपाधि
आरुघाट । आरुटार युथ सोसाईटी क्लब, आरुघाट–९, आरुटार, गोरखाको आयोजनामा सम्पन्न तेस्रो आरुटार कप तथा भुवन प्रसाद श्रेष्ठ स्मृति कप फाईभ ए साईड फुटबल प्रतियोगिताको उपाधि दि हिमालयन बगैंचाले जितेको छ ।
फाइनलमा द हिमालयन बगैंचाले आयोजक आरुटार युथ सोसाईटी क्लबलाई टाईब्रेकरमा ३–१ ले हराउँदै लगातार तेस्रोपटक उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
विजेता बनेको द हिमालयन बगैंचाले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता आरुटार युथ सोसाईटीले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
त्यस्तै व्यक्तिगत उत्कृष्ट गोलरक्षक द हिमालयन बगैंचाका अन्जन क्षेत्री बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार द हिमालयन बगैंचा कै सोभित भण्डारीले हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने आरुटार युथ सोसाईटीका कबिर तामाङ घोषित भए ।
Post Comments
Related News
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन