News प्रथम त्रिवेणी कपमा सहभागिता जनाउने टोलीहरुको टुंगो लाग्यो
गोलनेपाल

मेचीनगर । त्रिवेणी युथ क्लब, झापाको आयोजनामा यही मंसिर १० देखि १८ गतेसम्म हुने प्रथम त्रिवेणी च्यालेञ्ज कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागिता जनाउने टोलीहरुको टुंगो लागेको छ ।

मेचीनगर–१५, झापा स्थित ज्यामिरगढी हाई स्कुलको खेलमैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीहरुले सहभागिता जनाउने छन् ।

साथै सहभागि हुने टोलीहरुमा ब्रदर्श युनाइटेड एफसी, दार्जिलिङ (भारत), रेडहर्ष एफसी, इलाम, ब्राईट स्र्पोटिङ क्लब, सिलिगुडी (भारत), सैनिक युथ क्लब, झापा, ब्रदर्श फुटबल क्लब, दमक, त्रिवेणी युथ क्लब, झापा, नेपाल पुलिस क्लब, काठमाडौं र बेलबारी फुटबल क्लब, मोरङ रहेका छन् ।

साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले प्रतियोगिताका सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

 

Post Comments