News आर्मीलाई मेयर गोल्डकपको उपाधि
गोलनेपाल

भंगहा । महोत्तरीको भंगहामा सम्पन्न मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।

भंगहा नगरपालिका –५ स्थित स्थानीय खेलमैदानमा भएको खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई २–१ ले हराउँदै उपाधि माथि कब्जा जमाएको हो ।

विजेता बनेको आर्मीले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता एपिएफले २ लाखमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई समाजवादी पार्टी नेपालका नेता शरदसिंह भण्डारी, भंगहा नगरपालिकाका मेयर संजिव साह लगायतका अतिथीहरुले पुरस्कृत गरे ।

भंगहाला नगरपालिका महोत्तरीको आयोजना तथा श्री नेशनल युवा क्लब,भंगहा–५ महोत्तरीको सहआयोजनामा गत माघ १७ गतेदेखि शुरु प्रतियोगितामा महोत्तरी, काठमाडौं, सुनसरी, मकवानपुर र सर्लाहीका गरि कुल ८ टोलीहरुको सहभागिता रहेको थियो ।

Post Comments