तान्द्राङ । गोर्खा जिल्ला भिमशेन थापा गाउँपालिका वडा नम्बर ३ कुलीगैरा खेलमैदानमा जारी दोस्रो तान्द्राङ कप खुल्ला पुरुष फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार फाइनल खेल सम्पन्न हुँदा आयोजक तान्द्राङ युवा क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै लोकतान्त्रिक क्लबले उपाधी हात पारेको छ।
लोकतान्त्रिकलाई जित दिलाउनका लागि सन्जय श्रेष्ठ,अस्विक दुरा,रोजल दाहाल र छिरिङ तामाङले समान एक एक गोल गरेका हुन।
सोल्टी युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै हिमालयन हब काठमाडौँ उक्त प्रतियोगिताको तेस्रो स्थान हासिल गर्ने टोली बनेको छ। हिमालयन हबलाई जित दिलाउनका लागि आसिस तामाङ र सन्दीप मल्ल ठकुरीले समान एक एक गोल गरेका हुन।
उक्त प्रतियोगिताको व्यक्तिगत विधातर्फ सर्वाधिक गोल गर्ने खेलाडी हिमालयन हबका सलिल ढकाल, प्रतियोगिताको उत्कृष्ट गोल रक्षक लोकतान्त्रिक क्लबका सुरज गुरुङ, उत्कृष्ट डिफेन्डर लोकतान्त्रिक क्लबका सुरज मल्ल , उदयीमान खेलाडी तान्द्राङ युवा क्लबकै सत्यम ठकुरी,अनुशासित टोली अमरदिप फुटबल क्लब अस्राङ साथै उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडी तान्द्राङ युवा क्लबका राजकुमार घले बनेका हुन्। व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीहरूले जनही नगद रु.१०/१० हजार प्राप्त गरेका छन्।
प्रतियोगिताको सबैभन्दा उत्कृष्ट गोल भने तान्द्राङ युवा क्लबका आसिस बानियाको रहन पुग्यो। साथै उनी नगद रु ५००० सहित सम्मानित भएका छन्।
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन