News दोस्रो बर्दिया जिल्ला पालिका कप हुने
सुरज राना मगर

बढैयाताल । “खेलकुद र विकासमा युवाको हात, देशले पाउँछ समृद्धि र निकास” भन्ने मूल नाराका साथ बर्दियाको बढैयाताल, स्याउलीबजारमा दोस्रो बर्दिया जिल्लापालिका कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, बढैयाताल–८ स्याउलीबजार, बर्दियाको आयोजनामा आउँदो फागुन १५ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

बढैयाताल गाउँपालिकाको कार्यालय बर्दिया, मयुर युवा क्लब, स्याउलीबजार र जिल्ला फुटबल संघ, बर्दियाको विशेष सहयोग रहने प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ । साथै प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले बतायो ।

बढैयाताल–८ नयाँवस्ती स्याउलीबजार स्थित खेलमैदानमा हुने प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल भने फागुन २२ गतेका दिन हुने समेत आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।

गोलनेपाल डटकम प्रतियोगिताको आधिकारिक मिडियो पार्टनर समेत हो ।

Post Comments