News मधुवन नगरपालिका सेमिफाइनलमा
सुरज राना मगर

बढैयाताल । मधुवन नगरपालिका यहाँ जारी बर्दिया जिल्ला पालिका कप पालिकास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बढैयाताल ८ स्थित मयुर युवा क्लबको खेलमैदानमा भएको क्वाटरफाइनल खेलतर्फ मधुवन नगरपालिकाले गेरुवा गाउँपालिकालाई ३–१ ले हराउँदै सेमिफाइनल यात्रा पक्का गरेको हो ।

खेलमा विजयी टोली मधुवन नगरपालिकाका अन्जन थारु म्यान अफ द म्याच चुनिए । उनलाई विशेष अतिथी कृष्णगोपाल चौधरीले नगद १५ सय र ट्रफीसहित पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तरगत फागुन २७ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल बढैयाताल गाउँपालिका र राजापुर नगरपालिकाबीच हुने आयोजकले जनाएको छ । हाम्रो फुटबल नेपालको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५५५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आउँदो चैत्र २ गतेका दिन हुनेछ ।

Post Comments