News नवलपरासीमा हुने पालडाँडा कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

पालडाँडा । सामाजिक कार्यसँगै खेलकुद गतिविधीमा समेत सक्रिय रहेको सगरमाथा सामुदायिक विकास प्रतिष्ठान, बर्दघाट–५, पालडाँडा, नवलपरासीको आयोजनामा हुने पालडाँडा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको आवश्यक तयारी पूरा भएको जानकारी गराएको हो । यही माघ १० देखि हुन गईरहेको प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरु सहभागि छन् ।

उद्घाटन खेलमा माघ १० गतेका दिन समपुर्ण युवा क्लब, सुपौली (रुपन्देही) र भैरव स्पोर्टस क्लब, नवलपरासी भिड्ने खेलतालिका उल्लेख छ । प्रतियोगिताको फाइनल र समापन भने माघ १९ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक खड्क सिंह पुन मगरले जानकारी दिए । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

खेलतालिका पनि हेर्नुहोसः

Post Comments