अर्जुनधारा (झापा) । बाह्रदशी गाउँपालिकासँग संघर्षपूर्ण जित निकाल्दै कनकाई नगरपालिका अर्जुनधारामा जारी झापा जिल्ला पालिकास्तरीय यू-१८ फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा खेलमैदानमा आज भएको खेलमा बाह्रदशी गाउँपालिकालाई कनकाईले ३-२ गोलअन्तरमा पराजित गरेको हो । खेलको ४ मिनेटमै कनकाईका चौधरीले गोल गर्दै अग्रता दिलाएका थिए ।
तर, जितको खुसी साट्न नपाउँदै बाह्रदशीका रितिक मगरले बराबरी गोल फर्काए । खेलको ६ मिनेटमा उनले गोल गरेका हुन् । कनकाईका लागि दोस्रो गोल खेलको १९औँ मिनेटमा तिलबहादुर गुरुङले गरेर अग्रता दोब्बर बनाए ।
फेरि पनि कनकाईले गोल गरेको ३ मिनेट बित्न नपाउँदै बाह्रदशीका रितिकले पुनः व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा पुर्याए । कनकाईको जितका लागि निर्णायक गोल भने खेलको ७८औँ मिनेटमा क्षितिज बाबु प्रसाईले गरे । उनी प्लेयर अफ दी म्याच बन्दै नगद २ हजार ५ सय पाउन सफल भए ।
शनिश्चरे फुटबल क्लबको आयोजना तथा अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजनामा भएको प्रतियोगितामा भोलि (मंगलबार) शिवसताक्षी नगरपालिकाले बुद्धशान्ति गाउँपालिकासँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।
प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ । ९ वटा पालिकाको टिम सहभागी रहेको प्रतियोगिताको विजेताले नगद १ लाखसहित आकर्षक ट्रफी पाउने छ । उपविजेताले नगद ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा