छातेढुङ्गा । तेह्रथुमको आठराई गाउॅपालिका वडा नं ५ छातेढुङ्गाको होडामा जारी माघे मेला खुल्ला पुरूष फुटबल प्रतियोगितामा लिसिबुङ,जस्ट फर फन सक्रान्ति बजार र सिर्जनशिल युवा क्लब खाम्लालुङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन ।
सरस्वति आधारभुत विद्यालयको खेल मैदानमा मंगलबार सम्पन्न पहिलो खेलमा ह्वाकू निभारे निर्धारित समयमा खेल मैदानमा नआएपछि लिसिबुङ नेट बल मार्फत क्वाटर फाइनलमा पुगेको हो ।
त्यस्तै दोस्रो खेलमा लाफा एफसीलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै जस्ट फर फन एफसी सक्रान्ति बजारले क्वाटर फाइनल स्थान पक्का गरेको हो । निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी र पेनाल्टि सुट आउटमा पनि ४-४ गोलको बराबरी पश्चात सडन डेथ मार्फत नतिजा निकालिएको थियो ।
त्यस्तै अन्तिम प्रि क्वाटर फाइनलमा हिलिहाङ पॅाचथर उपस्थित नभए पछि सिर्जनशिल युवा क्लब खाम्लालुङले नेट बल मार्फत क्वाटर फाइनल यात्रा तय गरेको हो । प्रतियोगिताको चौथो दिन माघ १४ गते बुधबार क्वाटर फाइनलका सबै खेल हुने खेल तालिका रहेको छ ।
क्वाटर फाइनलको पहिलो खेलमा लुङछाता छातेढुङ्गा र आयोजक A बिच बिहान ८ बजे खेल हुने खेल तालिका रहेको छ ।
माघ १६ गते सम्म सन्चालन हुने खुल्ला पुरूष तर्फको विजेताले नगद एक लाख सहित तीन वर्षे रनिङ ट्रफि र उपविजेताले ६० हजार सहित ट्रफि प्राप्त गर्नेछन ।
खुल्ला महिला तर्फको विजेताले १५ हजार सहित ट्रफि र उपविजेताले १० हजार सहित ट्फि प्राप्त गर्नेछन ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश