News अभिषेक चर्चलाई पालडाँडा कपको उपाधि
गोलनेपाल

पालडाँडा । सगरमाथा सामुदायिक विकास प्रतिष्ठान, बर्दघाट–५, पालडाँडा, नवलपरासीको आयोजनामा सम्पन्न पालडाँडा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि अभिषेक चर्च फुटबल क्लब, रजहरले जितेको छ ।

सोमबार सम्पन्न फाइनलमा अभिषेक चर्चले भैरव स्पोर्टस क्लब, नवलपरासीलाई १–० को अन्तरले हराउँदै उपाधि उचाल्न सफल भएको हो । पालडाँडा खेलमैदानमा भएको फाइनल खेलमा अभिषेक चर्चका लागि सदिप केसीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

विजेता बनेको अभिषेक चर्चले उपाधिसहित नगद २ लाख १ हजार हात पार्यो भने उपविजेता भैरवले १ लाख ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । अभिषेक चर्चका जितेश गुरुङ फाइनल खेलको म्यान अफ दि म्याच चुनिए ।

त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक अभिषेक चर्च कै टोप बहादुर राना बन्दा सर्वाधिक गोलकर्ताको पुरसकार भैरवका बिमल घर्ती मगरले हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने भैरवका प्रतिक सुनार घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, आयोजक सगरमाथा सामुदायिक विकास प्रतिष्ठान, बर्दघाट–५, पालडाँडा, नवलपरासीका अध्यक्ष गंगा बहादुर भण्डारी क्षेत्री, खेल संयोजक खडक सिंह पुन मगर लगायतले पुरस्कृत गरेका थिए ।

Photo: Chyang Mgr/JhorleyStudio

Post Comments