News तालतलैया एफसी दोस्रो महुली गोल्डकपको फाइनलमा
गोलनेपाल

महुली । महुली फुटबल क्लब, महुली–सप्तरीको आयोजनामा सञ्चालन भइरहेको दोस्रो महुली गोल्डकप फुटबल प्रतियोगिता २०८२ अन्तर्गत प्रतियोगिताको पहिलो सेमिफाइनल खेल सम्पन्न भएको छ।

पहिलो सेमिफाइनल खेलमा तालतलैया एफसी, सुनसरी ले गोलबजार स्पोर्ट्स क्लब विरुद्ध निर्धारित समयभित्र २–० गोल अन्तरले जित निकाल्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

खेलको पहिलो हाफको ३०औँ मिनेटमा तालतलैया एफसीका सिजल राईले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसैगरी खेलको ५०औँ मिनेटमा पुनः सिजल राईले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

खेलमा दुई गोल गर्दै प्रभावशाली प्रदर्शन गरेका सिजल राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद रु १,५०० सहित ट्रफी प्राप्त गरे।

प्रतियोगिताका विजेता टोलीले नगद रु १,०१,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले नगद रु ५१,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रत्येक खेलाडीलाई नगद रु २,१०० सहित ट्रफी प्रदान गरिनेछ।

Post Comments