News तालतलैयालाई दोस्रो महुली गोल्डकपको उपाधि
गोलनेपाल

महुली । सप्तरीमा सम्पन्न दोस्रो महुली गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि तालतलैया फुटबल क्लब, इटहरी, सुनसरीले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा तालतलैयाले आयोजक महुली युवा क्लब, महुली, सप्तरीलाई १–० को साँघुरो अन्तरले हराउँदै उपाधिमाथि आफ्नो कब्जा जमाउन सफल भएको हो । तालतलैयाको जितमा पुजन चौधरीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । निर्णाया गोलकर्ता चौधरी नै फाइनल खेलको म्यान अफ दि म्याच बने ।

विजेता बनेको तालतलैयाले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता महुलीले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

विद्यागततर्फ उत्कृष्ट गोलरक्षक तालतलैयाका मनिष माझी बन्दा उत्कृष्ट डिफेन्डर महुलीका रोहित मगर चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार तालतलैयाका सिजल राईले हात पार्दा महुलीका भुषण मगर प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी चुनिए ।

Post Comments