धरमपुर । सप्तरीमा आइतबारदेखि शुरु भएको दोस्रो गोर्खा खुकुरी कप जिल्लास्तरीय नाइन ए साईड नकआउट फुटबल प्रतियोगितामा सोमबारे फुटबल क्लब, चतरा, उदयपुरले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा सोमबारेले ब्रदर्श युवा क्लब, दुधौली, सिन्धुलीलाई टाईब्रेकरमा हराउँदै विजयी शुरुवातका साथ सेमिफाइनलमा समेत प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ ब्रदर्शका लागि प्रज्ज्वल कार्कीले शुरुवाती गोल गरेका थिए भने सोमबारेका लागि दिपेश तामाङले बराबरी गोल फर्काएका थिए । खेलमा सोमबारेका सन्देश श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत माघ २६ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल बिराटनगर स्पोर्टस एकेडेमी, बिराटनगर, मोरङ र गोलबजार युनाइटेड क्लब, गोलबजार, सिराहा बीच हुने आयोजकले जानकारी दियो ।
रिभरसाईड युवा क्लब, कञ्चनरुप–१२, धरमपुर, सप्तरीको आयोजना तथा एक्सिट्रम इनर्जी ड्रिक्सको मुख्य प्रायोजनमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल फागुन ३ गतेका दिन हुनेछ ।

- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा