News दिवसको ह्याट्रिकसँगै गेरबाबा सेमिफाइनलमा
गोलनेपाल

धरमपुर । गेरबाबा फुटबल क्लब, अर्जुनधारा, झापा सप्तरीमा जारी एक्स्ट्रिम दोस्रो गोर्खा खुकुरी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

बुधबार भएको चौथो तथा अन्तिम क्वाटरफायनलमा गेरबाबाले कटारी टाईगर्स फुटबल क्लब, कटारी, उदयपुरलाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । गेरबाबाको जितमा दिवस बास्तोलाले ह्याट्रिक गरे । ह्याट्रिककर्ता बास्तोला नै खेलको म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ २९ गते बिहीबारको पहिलो सेमिफाइनल खेल आयोजक रिभर साइड युवा क्लब, सप्तरी र सोमबारे फुटबल क्लब, उदयपुरबीच हुने आयोजकले जानकारी दियो ।

रिभरसाईड युवा क्लब, कञ्चनरुप–१२, धरमपुर, सप्तरीको आयोजना तथा एक्सिट्रम इनर्जी ड्रिक्सको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल फागुन ३ गतेका दिन हुनेछ ।

Post Comments