धरमपुर । बिराटनगर स्पोर्टस एकेडेमी, मोरङ, सप्तरीमा जारी एक्स्ट्रिम दोस्रो गोर्खा खुकुरी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा बिराटनगरले गेरबाबा फुटबल क्लब, झापालाई ४–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । बिराटनगरको जितमा सौर्य राउत र अनिष आरडीले समान दुई–दुई गोल गरे भने गेरबाबाका लागि दिपेश श्रेष्ठले दुवै गोल फर्काएका थिए । खेलमा बिराटनगर स्पोर्टस एकेडेमी कै सौर्य राउत म्यान अफ दि म्याच बने ।
बिराटनगर स्पोर्टसले अब फागुन ३ गते हुने फाइनलमा सोमबारे फुटबल क्लब, उदयपुरसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।
रिभरसाईड युवा क्लब, कञ्चनरुप–१२, धरमपुर, सप्तरीको आयोजना तथा एक्सिट्रम इनर्जी ड्रिक्सको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा