शिवसताक्षी । साविक विजेता समेत रहेको वार्ड नम्बर १० र वार्ड नम्बर ९ झापामा जारी शिवसताक्षी मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
दुधे रंगशालामा भएको दिनको पहिलो खेलमा वार्ड नम्बर १० ले वार्ड नम्बर ११ लाई ३–० को अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो । खेलमा वार्ड नम्बर १० का टिकाराम रसाइली प्लेयर अफ दि म्याच चुनिए ।
त्यस्तै बिहीबार नै भएको दिनको दोस्रो खेलमा वार्ड नम्बर ९ ले वार्ड नम्बर ३ लाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो । खेलमा वार्ड नम्बर ९ का साहिल लिम्बु प्लेयर अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत चैत्र २० गते शुक्रबार दुई सेमिफाइनल खेलहरु हुनेछन् । जस अन्तर्गत पहिलो सेमिफाइनल खेल वार्ड नम्बर १० र वार्ड नम्बर १ बीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल वार्ड नम्बर ८ र वार्ड नम्बर ९ बीच हुने आयोजकले जानकारी दियो ।
शिवसताक्षी नगर खेलकुद विकास समितिको आयोजना तथा शिवसताक्षी नगरपालिका, झापाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ४५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २२ गतेका दिन हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा