News
चन्द्रगढी महिला गोल्डकपको शुरु, आर्मीको फराकिलो जित
भद्रपुर । ओम साइ पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताको आज भएको उद्घाटन खेलमा त्रिभुवन आर्मि फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा आर्मिले आर एस पोखरा एफसी ६–० को फराकिलो अन्तरले हराउदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । आर्मिको लागि बिमला चौधरी र चन्द्रा भण्डारीले समान २–२ गोल गरे भने दिपा साहि र जेनिफोर रानामगरले थप एक–एक गोल गरे । खेलमा आर्मीकी बिमला चौधरी प्लेयर अफ दि म्याच बनिन् ।
प्रतियोगिता अन्तर्गत बैशाख ६ गते आइतबारको खेल थिम्पु सिटी फुटबल क्लब, भुटान र चर्च ब्वाईज युनाइटेड, ललितपुरबीच हुनेछ ।
चन्द्रगढी युथ क्लब, झापाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख १४ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा