News
जस्ट जोनलाई कटारी मेयर गोल्डकपको उपाधि
कटारी । नगर खेलकुद विकास समिति, कटारी, उदयपुरको आयोजनामा सम्पन्न छैठौं कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि जस्ट जोन फुटबल क्लब, नाइजेरियाले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा जस्ट जोनले चात्या सा फुटबल क्लब, झापालाई ४–० को अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
विजेता बनेको जस्ट जोनले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता चात्या साले ३ लाखसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक डुडो चुनिदा उत्कृष्ट डिफेन्डर बिशाल भण्डारी बने । उदीयमान खेलाडी रिसभ धामी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार राज भुषाल र हमजदले संयुक्त रुपमा हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने डेविड घोषित भए ।
Post Comments