News चर्च ब्वाइज सेमिफाइनलमा
गोलनेपाल

भद्रपुर । ओम साइ पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा थिम्पु सिटिलाइ ३:२ गोल अन्तरले हराउदै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

मेचि रंगशालामा आज भएको खेलमा चर्च ब्वाइजको लागि जर्सि न ९ कि मारियाम खातुङले २ गोल गरिन भने एक गोल बर्षा ओलिको नाममा रह्यो ।उता प्रराजित टोलि थिम्पुको लागि रोता राइले एक गोल गरिन भने एक गोल भने उपहार स्वरुप पाएको थियो। उक्त आत्माघाति गोल चर्च ब्वाइजको लागि मनिता तामाङले आफ्नै गोल पोस्टमा गरेकि थिएन ।

पहिलो हाफमा चर्च ब्वाइजले २:० को अग्रता बनाएपनि दोस्रो हाफमा राम्रो प्रदशन गरेको थिप्पुले २ गोल थप्दै बराबरीको स्थानमा ल्याएता पनि अन्तिम समयमा आफुलाइ समाल्नु नसकेपछि बर्षा ओलिले खेलको ७८ मिनेटमा गोल गर्दै आफ्नो टोलिलाइ ३:२ को अवस्थामा पुराइन र तेसपछि गोल हुनु नसकेपछि खेल चर्च ब्वाइजले ३:२ आफ्नो पोल्टोमा पार्नु सफल भयो ।

भोलिको खेल नेपाल पुलिस क्लब भर्सेस चन्द्रगढी युवा समाज बिचमा हुनेछ ।

खेलको वोमेन अफ द म्याच २ गोल गरेकि मारियान खातुङ भएकि थिइन

Post Comments