भद्रपुर । खेलको सुरुआती १४औं मिनेटमै १० खेलाडीमा सीमित भएको नेपाल पुलिस फुटबल क्लब चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
पुलिसले भारतको रानी लक्ष्मीबाई फुटबल एकेडेमीलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ। सेमिफाइनलमा पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ।
खेलको १४औं मिनेटमा लक्ष्मीबाईले अग्रता लियो। पुलिसकी गोलकिपर उषा नाथले डिबक्स बाहिर आएर गोल समातेपछि उनी रातो कार्ड खाँदै मैदान बाहिर निस्किन्। उनको स्थानमा वैकल्पिक गोलकिपर सपना राई मैदान प्रवेश गरिन्।
नाथको स्थानमा सहारा लिम्बुले मैदान छोडेपछि पुलिस १० खेलाडीमा सीमित भयो। लक्ष्मीबाईले डिबक्स नजिकै पाएको त्यो फ्रिकिकलाई बिनी कुमारीले प्रहार गरिन्। पुलिसकी गोलकिपरबाट रिबाउन्स भएको बललाई हेमन्ती कुमारीले गोल गरिन्।
१–० गोलले पछि परेको पुलिसले त्यसको केही समय लय गुमाएको थियो। पुलिसले ३८औं मिनेटमा खेल बराबरी गर्यो। मिना देउवाको क्रस पासमा रेखा पौडेलले हेडमार्फत गोल गर्दै पुलिसलाई खेलमा फर्काइन्।
खेलको ४६औं मिनेटमा पुलिसले अर्को गोल थप्यो। पूजा रानाले गरेको कर्नर प्रहार लक्ष्मीबाईकी गोलकिपर रुपाली कुमारीको हातबाट रिबाउन्स भएको मौकामा कप्तान अमृता जैसीले वान टच गोल गरिन्।
५३औं मिनेटमा पुलिसले तेस्रो गोल थप्यो। पूजा रानाको क्रस पासमा सम्झना लावतीले गोल गर्दै पुलिसको जित निश्चित गरिन्। खेलको ६७औं मिनेटमा पुलिसका नियमित स्ट्राइकर मिना देउवाले गोल गरिन्। पूजा रानाको फ्रिकिकमा रेखा पौडेलले डिबक्समा मिलाइदिएको बललाई देउवाले गोल गरिन्।
खेलको इन्ज्युरी समयमा पूजा रानाले गोल गर्दै गोल अन्तर ५–१ मा पुर्याइन्। मैदानको मध्यभागबाट प्रहार गरेको लङ रेञ्जर सटले लक्ष्मीबाईका गोलकिपरको हातमा लाग्दै जाली चुमेको थियो।खेलको प्लेयर अफ दी म्याच विजेता टिम नेपाल पुलिसकी पूजा राना भइन्।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा