पाँचथर । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ आजदेखि सुरु भएको छ ।“यलम्बरको सान, कुम्मायकको पहिचान” भन्ने मूल नाराका साथ कुम्मायक स्थित पृथ्वी माविको खेलमैदानमा सुरू प्रतियोगिताको पहिलो खेलमा आयोजक यलम्बर युवा सस्था विजयी हुदै सेमिफाइनल प्रवेश गरेको छ ।
आयोजकले ताप्लेजुङको कर्णसिं एफ सी लाई ४-० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । आयोजकका लागि लोकेन्द्र थापाले दुइ गोल गरे भने सबिन घिमिरे र प्रकाश धमलाले एक एक गोल गरे ।
खेलको प्लेयर अफ दि म्याच आयोजकका सबिन घिमिरे घोषित हुँदै नगद सात हजार प्राप्त गरे । गोल्डकपको दोस्रो दिन बैशाख २० गते आइतबार झापा ११ र रेडहर्ष इलाम बिच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ भने प्रत्येक टिमले ४ जना विदेशी खेलाडीसमेत सहभागी गराउन पाउने व्यवस्था गरिएको छ।
बैशाख २५ गते सम्म सन्चालन हुने प्रतियोगिताको विजेताले रु. ४,२५,५५५ र उपविजेताले रु. २,१२,७७७ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश