शिवशताक्षी । शिवशताक्षी नगरपालिका झापामा अवस्थित दुधे रङ्गशालामा मङ्गलबारबाट चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान्स कप सुरु भएको छ। दुधे भेट्रान्स क्लबले आयोजना गरेको यस प्रतियोगिता कुल १६ टोलीहरूको सहभागिता रहेको छ।
शिवशताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राको प्रमुख आतिथ्यतामा सुरुवात भएको उक्त प्रतियोगितामा मङ्गलबार पुर्वेली भेट्रान्स र प्रकाशपुर भेट्रान्सबीचको रोमान्चक प्रतिस्पर्धा सम्पन्न हुँदा उक्त खेलमा पुर्वेली भेट्रान्सले ५ - १ को फराकिलो नतिजामा जित हासिल गरेको छ।
पूर्वेली भेट्रान्सको जितमा खेम पोख्रेलले ह्याट्रिक सहित चार गोल गरेका हुन्। त्यसैगरी सन्तोष राईले थप एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे। उता पराजित भएको प्रकाशपुर भेट्रान्स क्लब सुनसरीका लागि टीका बहादुर कटुवालले एकमात्र सान्त्वना गोल फर्काएका थिए। चार गोल गरेका पुर्वेलीका खेम पोख्रेल नायक साबित हुँदै नगद रु.२००० सहित ट्रफी प्राप्त गरेका छन्।
बुधबार प्रतियोगिताका दुई प्रि क्वाटरफाइनल खेल हुनेछन् ,जसमा पहिलो खेल दिनको ठिक २ बजे पथरी शनिश्चरे भेट्रान्स र बिर्तामोड भेट्रान्स बीच प्रतिस्पर्धा हुँदा दिनको ठिक ४ बजे आयोजक दुधे भेट्रान्सको दोस्रो टोली र कन्काई भेट्रान्स बीच प्रतिस्पर्धा हुनेछ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा