तुम्बेवा । पाँचथरको तुम्बेवा गाउँपालिकामा जारी “चौथो अध्यक्ष कप खुल्ला पुरुष फुटबल प्रतियोगिता–२०८३” को सेमिफाइनल समिकरण पूरा भएको छ ।
मंगलबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा एम एफसी लाई ३-२ गोलले पराजित गर्दै फक्ताङलुङ एफ सी सेमिफाइनल पुगेको हो ।
त्यस्तै तेस्रो क्वाटर फाइनलमा कुम्मायक स्पोर्टिङ क्लबलाई १-० गोलले पराजित गर्दै सन्जिवनी स्पोर्ट्ङ क्लब धनकुटाले सेमिफाइनलमा सुम्निमा पारूहाङ एफसीसंगको भेट पक्का गरेको छ ।
त्यसैगरी अन्तिम क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन आयोजक सेतोलाई २-१ गोलले पराजित गर्दै तुम्बेवा १ ले सेमिफाइनलमा फक्ताङलुङ एफसीसंग प्रतिस्पर्धाका लागि पुगेको हो । दुवै सेमिफाइनल खेलहरू जेठ ६ गते बुधबार हुनेछन ।
अध्यक्ष कप वडा स्तरीय महिला फुटबलमा वडा नं ५ हाङगुम फाइनलमा
महिला तर्फको पहिलो सेमिफाइनलमा मंगलबार तुम्बेवा ४ वलनेलाई १-० ले पराजित गर्दै तुम्बेवा ५ हॉङगुम प्रतियोगिताको फाइनल पुगेको छ ।दोस्रो सेमिफाइनल बुधबार वडा नं १ र वडा नं ३ बिच हुनेछ ।
जेठ ७ गते सम्म सन्चालन हुने प्रतियोगिताको पुरूष तर्फको विजेता टोलीले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।
महिला तर्फको विजेताले ३३ हजार ३३३ सहित ट्रफि र उप विजेताले १६ हजार ३३३ सहित ट्रफि प्राप्त गर्नेछन ।
तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्का ले प्रतियोगिता स्थानीय स्तरमा खेलकुद विकास गर्नुका साथै युवाहरूमा नेतृत्व क्षमता, अनुशासन, प्रतिस्पर्धात्मक भावना र आपसी भाइचाराको सम्बन्ध मजबुत बनाउन आयोजना गरिएको बताए ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात
- तेस्रो फिदिम भेट्रान्स गोल्डकप चैत्र २५ देखि