News एन्फा लिगः शिव श्रेष्ठ बने सर्वोत्कृष्ट खेलाडी
गोलनेपाल

चन्द्रपुर । रौतहटमा सम्पन्न चन्द्रपुर मेयर प्रदेश नम्बर २ एन्फा लिग फुटबल प्रतियोगिताको विजेता मनकामना युवा क्लब, रौतहटका शिव श्रेष्ठ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले पुरस्कार वापत एक थान मोटरसाइकल समेत हात पारेका छन् ।

स्मरण रहोस, फाइनलमा मनकामना युवा क्लबले बेङ्खडी युवा क्लब, महोत्तरीलाई २–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो । फाइनल खेलको म्यान अफ द म्याच मनकामना कै प्रताप तामाङ घोषित भएका थिए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे ।

त्यस्तै अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक मनकामना कै अनिश थापा मगर घोषित भए भने उत्कृष्ट डिफेन्डर बेङ्खडीका बिपन श्रेष्ठ चुनिए । त्यसैगरी उत्कृष्ट मिडफिल्डर मनकामनाका बिकी चाम्लिङ राई बने भने उत्कृष्ट फरवार्ड बेङ्खडीका कृष्ण राना घोषित भए ।

उत्कृष्ट प्रशिक्षक भने मनकामना कै भोजराज घिमिरे घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार नगद हात पारे ।

Post Comments