News एफसी मुन्डियल उपाधि नजिक
गोलनेपाल

सिरहा । एफसी मुन्डियल, हेटौडा जारी सिरहा मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा संघर्षपुर्ण जित निकाल्दै मुन्डियलले फाइनल यात्रा तय गरेको हो ।

फाइनल प्रवेश गर्ने क्रममा एफसी मुन्डियलले चर्च ब्वाईज युनाइटेड, काठमाडौंलाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ एफसी मुन्डियलका लागि हिसुब थपलियाले गोल गरेका थिए भने चर्च ब्वाईजका लागि सुनिल खड्काले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच भने एफसी मुन्डियलका गोलरक्षक दिलमणी चौधरी घोषित भए ।

प्रतियोगिता अन्तरगत फागुन २० गतेको दोस्रो सेमिफाइनल खेल सहलेश युथ क्लब, सिरहा र सेन्ट्रल कलेज भरतपुर एफसी, चितवनबीच हुने आयोजकले जानकारी दियो ।

सिरहा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २२ गतेका दिन हुनेछ ।

 

Post Comments