News द राईजिङले अन्तिम चरणको फुटसल लिग खेल्ने तय
गोलनेपाल

इटहरी । द राईजिङ क्लब धरान, सुनसरीले पोखरामा हुने अन्तिम चरणको ए डिभिजन फुटसल लिग खेल्ने पक्का भएको छ । प्रदेश नम्बर १ को छनौट प्रतियोगितातर्फ सोमबार द राईजिङले पहिलो सेमिफाइनलमा स्पोर्टस एरिनालाई ६–३ ले हराउँदै फाइनल प्रवेशसँगै अन्तिम चरणको लिग खेल्नका लागि समेत छनौट भएको हो ।

द राईजिङको जितमा सुदिप गुरुङले ह्याट्रिक गरे भने रिवस मास्केले दुई गोल गरे । त्यस्तै थप एक गोल भने मिलन लिम्बुको नाममा रह्यो । त्यस्तै उता पराजित स्पोर्टस एरिनाका लागि एलोन राईले दुई गोल गरे भने दावा गुरुङले थप एक गोल गरेका थिए ।

खेलमा द राईजिङका ह्याट्रिककर्ता सुदिप गुरुङ म्यान अफ द म्याच घोषित भए । उनलाई मोरङ जिल्ला फुटबल संघका महासचिव प्रकाश मास्केले पुरस्कृत गरे । यो जितसँगै प्रदेश नम्बर १ बाट द राइजिङले फाइनल चरणको फुटसल लिग खेल्न छनौट हुने पहिलो टोली समेत बनेको छ ।

Post Comments