विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार सम्पन्न दमक गोल्डकप नकआउट फुटबल प्रतियोगिता उपाधि जित्न सफल भएको छ ।
उपाधि जित्ने क्रममा पुलिसले बलियो प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।
दमकस्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न फाइनल खेलको अन्तिम समयमा मनाङ सम्हालिन नसक्दा गोल खान पुगेको थियो । खेलको ८८ औं मिनटमा पुलिसका लागि रेजिन सुब्बाले एक मात्र निर्णायक गोल गरे । जुन गोल पुलिसलाई उपाधि जिताउन र मनाङलाई स्तब्ध पार्न प्रर्याप्त बन्यो ।
विजेता बनेको पुलिसले उपाधिसहित नगद १३ लाख ११ हजार हात पारेको छ भने उपविजेता बनेको मनाङले ६ लाख ११ हजारमा चित्त बुझाएको छ । मनाङको यो लगातार दोस्रो फाइनल पराजय थियो । यसअघि इलाममा गत बैशाख १७ गते सम्पन्न माइ भ्याली गोल्डकपको फाइनलमा थ्रीस्टारसँग पराजित हुन पुगेको थियो ।
दमक नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपालभरिका कुल दश टोलीहरुको सहभागिता रहेको थियो ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा