News आयोजक सिमरा गोल्डकपको अन्तिम चारमा
गोलनेपाल

सिमरा । आयोजक नव जनजागृति युवा क्लब, सिमरा यहाँ जारी विश्वकर्मा सिमेन्ट ११औं जितपुर सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार सिमरा रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक पहिलो क्वाटरफाइनल भिडन्तमा आयोजक नव जनजागृतिले हिमालयन शेर्पा क्लबलाई ३–२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

आयोजकको जितमा लुइस विडाल, डोना थापा र सकल रेग्मीले गोल गरे । उता पराजित शेर्पाका लागि सबि गुरुङ र रवि रानाले गोल गरेका थिए । खेलमा आयोजकका गोलरक्षक सुवास बल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत बैशाख ५ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

नव जनजागृति युवा क्लबको आयोजना तथा जितपुर सिमरा उपमहानगर पालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि बैशाख ११ गतेका दिन हुनेछ ।

Post Comments