News चुनदेवी क्लबले प्रथम चुनिखेल युवा परिषद् फुटसल प्रतियोगिता जित्यो
गोलनेपाल
प्रथम चुनिखेल युवा परिषद्  फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।  चुनिखेल युवा परिषद्को आयोजनामा भएको फुटसल प्रतियोगितामा चुनिखेल चुनदेवी क्लबले ६-१को अन्तरले सोसल वर्कर नवपुरलाई पछि पार्दै उपाधि चुमेको हो ।
 
उक्त  प्रतियोगितामा १० वटा  टिमले सहभागिता जनाएका थिए ।यो प्रतियोगिता लिक कम नकआउट आधारित खेलाइएकाे थियो । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० बालुखानीस्थित श्रेष्ठ फुटसलमा भएको प्रतियोगितामा  चुनिखेल चुनदेवी क्लबका मनोज श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भएका छन् । त्यस्तै, टुपेक नवपुर क्लबका राजेश श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगिताको समापन समारोहमा बिजयी टिमलाई बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले खेल सकिएलगत्तै सोही स्थानमा पुरस्कार वितरण गरेका थिए । 
 
प्रथम बिजेता टिमले ट्रफि, मेडल, प्रमाणपत्रसहित १५ हजार नगद पुरस्कार,  उपबिजेता टिमले ट्रफी, मेडल, प्रमाणपत्रसहित १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलरक्षक मनोज श्रेष्ठ र उत्कृष्ट खेलाडी राजेश श्रेष्ठले मायाको चिनो र मेडल प्राप्त गरेका छन् । 
 
चुनिखेल युवा परिषद्का अध्यक्ष विवेक श्रेष्ठको संयोजकत्त्वमा “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” नारासहित आयोजित प्रतियोगितालाई बूढानीलकण्ठ नगरपालिकाले एक लाख रूपैयाँ सहयोग हस्तान्तरण गरेको थियो । 
 
फुटसल प्रतियोगिता सफल बनाउन चुनिखेल भद्रकाली बालुवाखानी बालुवा प्रशोधन केन्द्र, ए.आर.भि. लज एण्ड बार र जि.के. इन्टरप्राइजेजले प्रायोजन गरेका थिए । यस्तै, प्रतियोगितालाई बूढानीलकण्ठ नगरपालिका वडानम्बर १३ का अजय श्रेष्ठ, टिकेशनारायण श्रेष्ठ, सुजन श्रेष्ठ र दिनेश श्रेष्ठ लगायतले पनि सहयोग गरेका थिए । प्रतियोगितामा क्यामेराम्यानको रूपमा दिपु श्रेष्ठले भूमिका निभाएका थिए ।
Post Comments