News जगजित निर्णायक बन्दा मनाङको अपराजित यात्रा जारी
गोलनेपाल

काठमाडौं । मिडफिल्डर जगजित श्रेष्ठ निर्णायक बन्दा साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ बिहीबार साँघुरो जित निकालेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मनाङले ब्रीगेड ब्वाईज क्लब (बीबीसी) लाई १–० ले हरायो । मनाङको जितमा पहिलो हाफको २५औं मिनटमा बक्स नजिकैबाट जगजित श्रेष्ठले गरेको गोल निर्णायक बन्यो ।

खेलमा मनाङका कप्तान कमल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । आफ्नो शतप्रतिशत जितको यात्रालाई कायम राखेको मनाङ यो जितसँगै ३ खेलबाट ९ अंकका साथ फेरि शिर्ष स्थानमा उक्लिएको छ ।

Post Comments