News
ए डिभिजन लिगको नयाँ खेलतालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको परिमार्जित नयाँ खेलतालिका मंगलबार सार्वजनिक गरेको छ ।
स्मरणीय छ, एन्फाले यसअघि यहि कार्तिक २९ गतेदेखि लिग शुरु गर्ने घोषणा सहित खेलतालिका प्रकाशन गरे तापनि अन्तिम समयमा आएर प्राविधिक कारण जनाउँदै लिग मंसिर ३ गतेदेखि शुरु हुने गरि सारिएको थियो ।
एन्फाले दुई चरणको नयाँ खेलतालिका सार्वजनिक गरेको छ । दुवै चरणका सबै खेलहरु दशरथ रंगशालामा हुने खेलतालिकामा उल्लेख छ । मंसिर ३ गतेको उद्घाटन खेल फ्रेण्डस क्लब र सातदोबाटो युथ क्लबबीच हुनेछ ।
हेर्नुहोस लिगको नयाँ खेलतालिकाः
Post Comments