News ए डिभिजन लिगमा बिकासको 'डेब्यु'
गोलनेपाल

काठमाडौं । इटालीबाट लिग खेल्न कै लागि नेपाल फर्किएका नेपाली मूलका इटालीयन खेलाडी बिकास मेराग्लियाले शिर्ष लिगमा शनिबार डेब्यु गर्ने पक्का भएको छ ।

इटालीको चर्चित शिर्ष क्लब एटलान्टा तथा इटाली कै उमेर समूहको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका बिकासले शहिद स्मारक ए डिभिजन लिग खेल्न कै लागि नेपाल आएका थिए । नेपाल आए लगतै उनलाई च्यासलले अनुवन्ध गरेको थियो ।

हालै मोरङमा सम्पन्न बेलबारी गोल्डकपमा च्यासलका लागि आधिकारिक डेब्यु गरेका बिकासले ए डिभिजन लिगमा भने शनिबार डेब्यु गर्ने पक्का भएको छ । थ्रीस्टार विरुद्ध बेलुका ४ः४५ बजेदेखि शुरु हुने खेलमा च्यासलले शुरुवाती ११ मा बिकासलाई सामेल गरेको छ ।

च्यासलको कप्तानमा भने बिराज महर्जन छन् । स्टार खेलाडीहरुलाई भित्राएर चर्चा कमाईरहेको च्यासलले यस सिजन लिग उपाधि नै जित्ने लक्ष्य समेत बनाएको छ ।

Post Comments