News एपिएफमाथि बीबीसीको रोमाञ्चक जित
गोलनेपाल

काठमाडौं । ब्रिगेड ब्वाईज क्लब (बीबीसी) ले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा रोमाञ्चक जित हात पारेको छ । आइतबार भएको पहिलो खेलमा बीबीसीले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ ले हराउँदै रोमाञ्चक जित निकाल्यो ।

दशरथ रंगशालामा भएको खेलको ११औं मिनटमै दिनेश राईको सुन्दर फ्रिकिक गोलबाट बीबीसीले खेलमा अग्रता लिएको थियो । तर लगते १७औं मिनटमा आशिष लामाले एपिएफका लागि बराबरी गोल फर्काए । पहिलो हाफ १–१ को बराबरी सकिए तापनि दोस्रो हाफमा बीबीसीले फेरि अग्रता लियो ।

६५औं मिनटमा दिनेश राईले नै बीबीसीका लागि दोस्रो गोल गरे । यद्यपि ७७औं मिनटमा बिकी तामाङले एपिएफका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याउन सफल भए । तर एपिएफले पनि त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन ।

खेलको अन्तिमतिर इन्जुरी समयमा सुरज गुरुङले बीबीसीका लागि तेस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाउन सफल भए । खेलमा बीबीसीका रोशन राना मगर म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे ।

Post Comments