News जितका साथ मनाङको लिगको यात्रा शुरु
गोलनेपाल

काठमाडौं । आठपल्टको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले जितका साथ कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको शुरुवात गरेको छ ।

आइतबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा मनाङले जावलाखेल युथ क्लबमाथि १–० को साँघुरो जित निकाल्दै लिगमा जितका साथ सुखद शुरुवात गरेको हो ।

यद्यपि खेलमा मनाङलाई गोलको खाता खोल्न दोस्रो हाफसम्म संघर्ष गर्नुपरेको थियो । ५७औं मिनटमा दिनेश राजवंशीले गरेको एक मात्र हेड गोल मनाङलाई तीन अंक दिलाउन प्रर्याप्त बन्यो ।

निर्णायक गोलकर्ता दिनेश नै खेलको म्यान अफ द म्याच समेत चुनिए । त्यसवापत उनले नगद १० हजारसहित ट्रफी हात पारे । साथै जित हात पारेको मनाङले ५० हजार म्याच मनी पनि हात पार्यो ।

Post Comments