News च्यासलले पायो दुई प्रायोजक
गोलनेपाल

काठमाडौं । ए डिभिजन लिगका लागि चल्तीका खेलाडीहरु भित्राएर चर्चा बटुलिरहेको च्यासल युथ क्लबले लिगका लागि दुई नयाँ प्रायोजक पाएको छ ।

क्लबलाई आकार कन्स्ट्रक्सन र सम्झना ल्याबोरेटरीले यस सिजनका लागि प्रायोजन गरेको हो । प्रयोजन वापतको रकम र अन्य सम्झौताबारे दुवै पक्षबाट खुलाइएको छैन ।

च्यासलले आकार र सम्झना दुवैसँग आइतबार सम्झौतापत्रमा हस्ताक्षर र आदन प्रदान समेत गर्यो । क्लबका तर्फबाट अध्यक्ष रमेश व्यन्जनकार तथा आकार कन्स्ट्रक्सनका लागि रवी व्यन्जनकार र सम्झना ल्याबोरेटरीका लागि उर्दिप जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

स्मरण रहोस, हाल जारी लिगमा २ खेलबाट ३ अंक जोडेको च्यासल लिगतालिकाको आठौं स्थानमा छ ।

Post Comments