News लिगमा सोमबारका दुवै खेल बराबरीमा सकिए
गोलनेपाल

काठमाडौं । घरेलु फुटबलको शिर्ष लिग कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ सोमबार भएका दुवै प्रतिस्पर्धात्मक खेलहरु बराबरीमा सकिएका छन् ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा ब्रीगेड ब्वाईज क्लब (बीबीसी) र न्युरोडटिम (एनआरटी) बीचको खेल गोलरहित बराबरीमा सकियो भने दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

सोमबारको नतिजापछि २ खेलबाट ४ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा छ भने समान ४ अंक जोडेको बीबीसी तेस्रो स्थानमा छ । त्यस्तै लगातार दोस्रो बराबरी खेलेको आर्मी २ अंकका साथ नवौं स्थानमा छ । १ अंक मात्र जोडेको एनारटी भने १२औं स्थानमा छ ।

लिगतालिकाको शिर्ष स्थानमा भने २ खेलबाट ६ अंक जोडेको आठ पल्टको लिग च्याम्पियन मनाङ मस्र्याङ क्लब छ । त्यस्तै अर्को विभागीय टोली पुलिस चार अंकका साथ तेस्रो स्थानमा छ ।

Post Comments