News मच्छिन्द्रलाई महत्वपूर्ण तीन अंक
गोलनेपाल

काठमाडौं । कतार एयरवेज ए डिभिजन लिगको चौथो चरणको पहिलो खेलतर्फ स्टार खेलाडीले भरिएको मच्छिन्द्र क्लबले कठिन जित हात पारेको छ ।

सोमबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मच्छिन्द्रले न्युरोड टिम (एनआरटी) माथि १–० को साँघुरो जित निकाल्यो ।

यद्यपि त्यो जित हात पार्न मच्छिन्द्रलाई अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो ।

मच्छिन्द्रका लागि ९०औं मिनटमा अडिलेजा सोमिडेले बक्स भित्र हेडद्वारा एक मात्र निर्णायक गोल गरे ।

जारी लिगमा मच्छिन्द्रको यो तेस्रो जित हो । यो जितसँगै मच्छिन्द्रको चार खेलबाट १० अंक भएको छ ।

Post Comments