News गोर्खामा हिमालय देवी कप हुने
गोलनेपाल

गोर्खा । श्री हिमालय देवी युवा क्लब, घैरुङ, पिपलछाप गोर्खाको आयोजनामा हिमालय देवी कप २०७६ नकआउट फुटबल प्रतियोगिता यहि पौष २५ गतेदेखि शुरु हुने भएको छ ।

माघेसंक्रान्ती मेलाको अवसरमा हुन गईरहेको प्रतियोगिता शहिद लखन गाउँपालिका–६, घैरुङ पिपलछाप, गोर्खा स्थित स्थानीय खेलमैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक तिलक गुरुङले जानकारी दिए । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि नगद १५–१५ हजारको व्यवस्था गरिएको समेत खेल संयोजक गुरुङले बताए ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि टिम दर्ता गर्ने अन्तिम मिति यहि पौष २३ गतेसम्म तोकिएको छ । प्रतियोगिताबारे विस्तृत जानकारीका लागि खेल संयोजक तिलक गुरुङको सम्पर्क नम्बर ९८४००२१०४५ मा सम्पर्क गर्न सकिनेछ ।

 

Post Comments