News थ्रीस्टारको संघर्ष जारी
गोलनेपाल

काठमाडौं । जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा एक मात्र खेल जितेको रुस्लान थ्रीस्टार क्लबले शनिबार लिगमा आफ्नो तेस्रो बराबरी खेलेको छ ।

दशरथ रंगशालामा भएको दोस्रो खेलमा थ्रीस्टारले न्युरोड टिम (एनआरटी) सँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलमा थ्रीस्टारका अनन्त तामाङ म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । त्यस्तै बराबरी खेलेका दुवै टोलीले म्याच मनी वापत २५–२५ हजार पनि प्राप्त गरे ।

शनिबारको त्यो नतिजासँगै थ्रीस्टारको ५ खेलबाट ६ अंक छ र लिगतालिकाको छैठौं स्थानमा छ । साथै लिगलिडर मनाङ भन्दा ७ अंकले पछाडी छ । उता थ्रीस्टारलाई बराबरीमा रोकेको एनआरटीको पनि समान ६ अंक छ र लिगतालिकाको सातौं स्थानमा छ ।

Post Comments