News एएफसी फुटसल एसियन कप छनौटका लागि ३२ खेलाडी बन्द प्रशिक्षणमा
गोलनेपाल

काठमाडौं । एएफसी फुटसल एसियन कप छनौट प्रतियोगिता खेल्नका लागि नेपाली राष्ट्रिय फुटसल टोली तयार पार्न ३२ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइएका छन् ।

मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार ३२ खेलाडीहरुको नामावली सार्वजनिक गर्दै उनीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

मुख्य प्रशिक्षक बस्नेतका अनुसार बन्द प्रशिक्षणमा परेका खेलाडीहरु गत असोज महिनामा पोखरामा सम्पन्न ए डिभिजन राष्ट्रिय फुटसल लिग खेलेका खेलाडीहरु रहेका छन् । त्यस्तै प्रदेशस्तरीय छनौट खेलेका केही खेलाडीहरु पनि बन्द प्रशिक्षणमा परेको प्रशिक्षक बस्नेतले जानकारी दिए ।

स्मरण रहोस, एएफसी फुटसल एसियन कपको छनौट प्रतियोगिता यहि आउँदो अप्रिल १ देखि १५ तारीखसम्म किर्गिस्तानमा हुँदैछ । त्यस्तै प्रतियोगिताको ड्र भने ६ जनवरी (बिहीबार) का दिन हुँदैछ ।

बन्द प्रशिक्षणमा परेका खेलाडीहरुः

गोलकिपर्सः अनिष श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सञ्जिव तामाङ, सुमित कुमार आले

फिक्सोः अरुज सिंह, बिजय श्रेष्ठ, बिक्कु तामाङ, सरोज तामाङ

पिवोटः अविनाश तामाङ, बिक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवश मास्के, सुसन श्रेष्ठ

आलाः आदिल हामिद, अमित लामा, जेनिश प्रजापति, किरन चौधरी, क्रिजल खड्का, मणि कुमार लामा, मनोज गुरुङ, रन्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन शेर्पा

Post Comments