News ल्होसार माघी कप पौष २१ देखि
सुरज राना मगर

सुनवल । ल्होसार पर्व र आउँदै गरेको माघी पर्वको अवसरमा नवलपरासी जिल्लाको सुनवलमा ल्होसार माघी कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

मनकामना युवा क्लब, सुनवलको आयोजनामा यहि पौष २१ गते बुधबारदेखि शुरु हुन गईरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भएको प्रतियोगिता संयोजक जित बहादुर पुनले जानकारी दिए ।

सुनवल–१०, गैंडाखाल स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगितामा जिल्ला भित्र तथा बाहिरका गरि कुल १६ टोलीहरुको सहभागिता रहने संयोजक पुनले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष बिनोद पुनले जानकारी दिए ।

 

Post Comments