News सनराईज क्वाटरफाइनलमा
सुरज राना मगर

सुनवल । साँघुरो जितका साथ सनराईज एफसी, भूमही यहाँ जारी ल्होसार माघी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सुनवल–१० गैंडाखाल स्थित मनकामना रंगशालामा भएको खेलमा सनराईजले कुकुरमारालाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । खेलमा रोशन राना मगर म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत पौष २३ गते शुक्रबारको प्रिक्वाटरफाइनल खेल आयोजक मनकामना युवा क्लब (ए) र फर्साटिकर युवा क्लबबीच हुने प्रूतियोगिता संयोजक जित पुनले जानकारी दिए ।

ममनकामना युवा क्लब, सुनवल, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख पाउनेछ । फाइनल खेल आउँदो माघ ८ गतेका दिन हुनेछ ।

 

Post Comments