News पाँचौं स्थानमा उक्लियो थ्रीस्टार
गोलनेपाल

काठमाडौं । लिग उपाधिको बलियो प्रत्याशीका रुपमा हेरिएको रुस्लान थ्रीस्टार क्लबले जारी ए डिभिजन लिगमा मिश्रित प्रदर्शन गरे तापनि आफ्नो सुधारिएको लयलाई भने कायम राखेको छ ।

लिगको आठौं चरणको खेलतर्फ थ्रीस्टारले आइतबार हिमालयन शेर्पा कलब विरुद्ध २–० को प्रभावशाली जित निकाल्यो र लिगतालिकाको पाँचौं स्थानमा उक्लियो ।

दशरथ रंगशालामा भएको एक मात्र खेलमा थ्रीस्टारले दुवै गोल दोस्रो हाफमा गर्यो । थ्रीस्टारले पहिलो गोल भने ५७औं मिनटमा आत्मघाती गोलका रुपमा पाएको थियो । शेर्पाका अमृत श्रेष्ठले आत्मघाती गोल गर्न पुग्दा थ्रीस्टारले खेलमा अग्रता बनायो । दोस्रो गोल भने खेलको इन्जुरी समयतर्फ ९०+७औं मिनटमा अन्शुमाना क्रोमाले गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

यो जितपछि ८ खेलबाट १३ अंक जोडेको थ्रीस्टार पाँचौं स्थानमा छ । उता पराजित शेर्पा भने ११ अंकका साथ छैठौं स्थानमा छ । लिगको शिर्ष स्थानमा भने २० अंकका साथ डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र रहेको छ ।

Post Comments