News योङ ब्वाईज क्वाटरफाइनलमा
गोलनेपाल

सुनवल । योङ ब्वाईज एफसी, खैरेनी यहाँ जारी ल्होसार माघी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वाटरफाइनलतर्फ रुपौलिया एफसीलाई टाईब्रेकरमा ४–२ ले हराउँदै योङ ब्वाईज क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि सुनवल–१० गैंडाखाल स्थित मनकामना रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले रोमाञ्चक १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिनुपरेको थियो ।

प्रतियोगिता अन्तरगत पौष २८ गते मंगलबारको खेल फोर ब्रदर्श एफसी र डि युनिटी क्लबबीच हुने प्रतियोगिता संयोजक जित पुनले जानकारी दिए ।

मनकामना युवा क्लब, सुनवल–१०, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने संयोजक पुनले बताए । फाइनल खेल भने माघ ८ गतेका दिन हुनेछ ।

Post Comments