News लिगमा एपिएफको पहिलो जित
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले पहिलो जित दर्ता गरेको छ ।

बिहीबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न एक मात्र खेलमा एपिएफले सरस्वती युथ क्लबलाई २–१ ले हरायो । एपिएफको जितमा दुवै गोल आशिष लामाको नाममा रह्यो ।

लामाले ६३औं मिनटमा टोलीका लागि पहिलो गोल गरे भने इन्जुरी समयको ९३औं मिनटमा दोस्रो गोल गरे । उता पराजित सरस्वतीका लागि बिनोद केसीले पनि इन्जुरी समयमै गोल गरे तापनि टोलीको हार भने टार्न सकेनन् ।

खेलमा एपिएफका गोलरक्षक अमृत चौधरी म्यान अफ द म्याच घोषित भए । पहिलो जित हात पारेको एपिएफको अब चार खेलबाट ४ अंक भएको छ । उता जितविहीन सरस्वती भने शून्य अंकका साथ पुछारमा छ ।

Post Comments